२० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

काठमाडौं, ३ माघ । नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। उक्त ट्रेजरी बिल २०७९ साल वैशाख ६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (माघ ३ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर भाेलि माघ ४ गते, मंगलबार बिक्री हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here