एकैदिन थपिए ६७३४ जना कोरोना संक्रमित, ५४७ जना संक्रमण मुक्त

काठमाडौं, ३ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा ५७४७ जना र ३४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ गरी ६७३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५९ हजार ४८५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ८७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here