सुनचाँदी व्यवसायीका संगठनवीच एकताको खोजी

काठमाडौं, ३ माघ । सुनचाँदी व्यवसायीहरुले आफ्ना पेशागत संगठनहरुवीच एकता हुनुपर्ने बताएका छन् ।

व्यावसायिक सुरक्षाका लागि आफूहरुवीच एकता हन्ुपर्ने खाँचो उनीहरुले औंल्याएका छन् ।

व्यवसायीवीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो रहेको उनीहरुको भनाइ छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजना गरेको वधाई तथा स्वागत कार्यक्रममा सहभागी व्यवसायीहरुले दुई महासंघवीच आपसी एकता हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले व्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तोसुकै अप्ठ्यारा र चुनौतिलाई पनि सहजै चिर्न सकिने बताए ।

सुनचाँदी व्यवसायीले कच्चा पदार्थको अभावदेखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघवीच कम्तिमा पनि साझा मुद्धामा एकता हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

त्यसक्रममा रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेशमान शाक्यले सवै सुनचाँदी व्यवसायीका मुद्धा एउटै भएको बताए ।

त्यसक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघवीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here