काठमाडौं उपत्यकामा ३९३९ जना संक्रमित थपिए, ९ जिल्ला ‘रेड जोन’मा

काठमाडौं, ३ माघ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा सबैभन्दा धेरै २९४३, ललितपुरमा ७९५ र ललितपुरमा २०१ जना संक्रमित थपिएका छन्।

यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या १९ हजार ३ सय ८७ पुगेको छ। देशभर हाल ३० हजार ८ सय ७७ जना सक्रिय कोरोना संक्रमित छन्।

उपत्यकासहित देशभर ९ जिल्ला ‘रेड जोन’मा छन्। प्रदेश १ को मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूर पश्चिमको कैलाली ‘रेड जोन’मा छन्।

प्रदेश १ को झापा, प्रदेश २ को धनुषा र पर्सा, वाग्मतीको मकवानपुर र काभ्रे, गण्डकीको नवलपरासी पूर्व र लुम्बिनीको बाँके र दाङ मा पनि संक्रमण दर बढ्दो छ।

यी जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। वाग्मती प्रदेशमा उपत्यकामा तीन जिल्ला सहित चितवन समेत ‘रेड जोन’मा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here