काठमाडौं, ४ माघ । यस वर्षको बेस्ट फिफा अवार्ड रोबर्ट लेवान्डोस्की र महिलातर्फ बार्सिलोनाकी अलेक्सियाले जितेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुरुषतर्फको बेस्ट अवार्ड पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई दिएको हो ।
वायर्न म्युनिकका स्ट्राइकर समेत रहेका उनले लगातार यस वर्ष पनि फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।
३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए । उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए ।
लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे । म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो ।
सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गर्दा चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे ।
डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो ।
अवार्ड विजेताहरु
दि बेस्ट फिफा पुरुष खेलाडी – रोबर्ट लेवान्डोस्की
दि बेस्ट फिफा महिला खेलाडी – एलेक्सा पुटेलास
फिफा फ्यान अवार्ड – डेनमार्क र फिनल्यान्डका समर्थक
दि बेस्ट फिफा पुरुष प्रशिक्षक – थोमस टुचेल
दि बेस्ट फिफा महिला प्रशिक्षक – इमा हाएस
फिफा फेयर प्ले अवार्ड – डेनमार्क राष्ट्रिय टोली र स्टाफ
फिफा दि बेस्ट पुरुष गोलरक्षक – इडुआर्ड मेन्डी
फिफा दि बेस्ट महिला गोलरक्षक – क्रिस्टिएन इन्डलेर
फिफा बेस्ट स्पेशल अवार्ड – क्रिस्टिन सिन्क्लेर
फिफा बेस्ट स्पेशल अवार्ड – क्रिस्टियानो रोनाल्डो
फिफा फिपप्रो पुरुष टोली – डोन्नररुम्मा, डियास, बोनुची, अलाबा, जर्गिन्हो, कान्टे, केभिन डि ब्रुएन, रोनाल्डो, हालान्ड, लेवान्डोस्की र मेस्सी
फिफा फिपप्रो महिला टोली – क्रिस्टिएन, लुसी, वेन्डी, मिले ब्राइट, माग्डालेना, इस्टाफानिया, कार्ली, बार्बरा, भिएिनी, मार्टा र एलेक्स मोर्गान