काठमाडौं, ४ माघ । सीडीएससी एण्ड क्लियरिङ (सीडीएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ ।
कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएकाले चेन ब्रेकका लागि कार्यालयले प्रदान गर्दै आएको यो सेवा बन्द गर्नुपरेको सीडीएससीद्वारा जारी सूचनामा उल्लेख छ।
कम्पनीले माघ ११ गते सम्मको लागि यो सेवा बन्द गराएको हो ।
साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाको लागि कम्पनीले क्षमायाचना गरेको छ ।





















