नुवाकोटमा एकैदिन ४४ जनामा कोरोना पुष्टी, संक्रिय संक्रमितको संख्या १०५ पुग्यो

काठमाडौं, ४ माघ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार मंगलवार २९ जना पुरुष र १४ महिलामा कोरोना संक्रमण देखिएको हो ।

जसमा विदुर नगरपालिकामा ३२ जनामध्ये १० महिला र २२ जना पुरुष रहेका छन् । त्यस्तै बेलकोटगढी नगरपालिमा १ जना लिखु गाउँपालिकामा ६ जना, पञ्चकन्यामा २ जना, तारकेश्वरमा २ जना र म्याङगम गाँउपालिकामा एक जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ । संक्रिय संक्रमितको संख्या १०५ जना रहेको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ५०२ पुगेको छ पछिल्लो २४ थप ४ जना संक्रमण मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here