कोरोना नियन्त्रणको लागि उपत्यकामा थप कडाइ, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (पूर्णपाठ)

काठमाडौं, ४ माघ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले थप कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक अत्यावश्यक सूचना जारी गर्दै मंगलवार राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको छ ।

त्यस्तै, अब मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा समेत प्रवेश गर्न नदिने भएको छ ।

त्यस्तै, सावैजनिक स्थलमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्ति मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने समेत नयाँ आदेशमा भनिएको छ ।

त्यसैगरि, नयाँ आदेशमा संस्थाको साधारणसभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितीलाई समेत गणपुरक संख्या मान्ने भनिएको छ ।

नयाँ आदेशमा लेखिए भन्दा भिन्न कुनै आकस्मिक परिस्थिती सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउनु समेत भनिएको छ । २७ बुँदे आदेश जारी गर्दै प्रशासनले क्वारेन्टाइनको अवधिसमेत तोकेको छ।

अब कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिले अनिवार्य ५ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ। ५ दिन पछि कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उक्त व्यक्ति बाहिर निस्कन पाउने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here