थप १० हजार २५८ जनामा कोरोना पुष्टी, ५६२ जना संक्रमण मुक्त

काठमाडौं, ४ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पीसीआर परीक्षण गर्दा ८७३० जना र ४९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५२८ गरी १०२५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार २१५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here