पश्चिमी वायुको सामान्य प्रभाव: मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने

काठमाडौं, ५ माघ । पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश नम्बर १ र मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार दिउँसोको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्नेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ०५ गते (बुधबार)

दिउँसो : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ।सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

माघ ०६ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

माघ ०७ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here