खोप कार्ड हराएमा के गर्ने ? यस्ता छन् प्रतिलिपि पाउने तीन तरिका

काठमाडौं, ५ माघ । सरकारले आउँदो ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

देशभर कोरोना संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले खोप कार्ड नहुनेलाई सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो। त्यस्तै आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरेको छ ।

यस्तै कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा पनि अनिवार्य कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।

खोप कार्ड अनिवार्य गरेसँगै केही व्यक्तिलाई समस्या भएको छ। किनकि, उनीहरुको खोप कार्ड हराइसकेको छ। त्यसो भए अब खोप कार्डको नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ।

पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ। त्यसैले अब खोप कार्ड हराए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ।

मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ ।

दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।

जोन्सन एण्ड जोन्सन खोप लगाएको भए त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि दिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।

मन्त्रालयले यही माघ २ गतेबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here