प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले प्रतिकित्ता एक हजार ६१ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय १३ रूपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here