सिनोफार्म, भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनीले भिसा नदिने

काठमाडौं, ५ पुस । जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको छ ।

मंगलवार एक विज्ञिप्ती निकाल्दै नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको जनाएको हो । साथै चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा नदिने समेत जनाएको छ ।

जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह व्यवहार गरिने’ उल्लेख गरेको छ ।

जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

नेपालस्थित जर्मनी दूतावासले माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएकालाई मात्र भिसा अप्वाइन्टेमन्ट दिन सक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here