धुम्रपान गर्नेहरु किन कोरोना संक्रमणको बढी जोखिममा ?

काठमाडौं । धुम्रपान गर्ने मानिसमा कोरोना संक्रमणको खतरा तीनगुणा बढी हुने निष्कर्ष एक अध्ययनले निकालेको छ ।

एक अध्ययनले सामान्य मानिसको तुलनामा धुम्रपान सेवन गर्ने मानिसमा कोरोना संक्रमणको खतरा तीनगुणा बढी हुने निष्कर्ष निकालेको हो ।

रोग प्रतिरोधक क्षमता कमजोर

सोधकर्ताको अनुसार धुम्रपान सेवन गर्ने मानिसको रोग प्रतिरोधका क्षमता निकै कमजोर हुन्छ । जसको कारण कोरोनाले सजिलै आक्रमण गर्छ ।

यसका साथै धुम्रपान गर्ने मानिसमा स्वासप्रस्वास सम्बन्धी समस्या हुे भएकोले निमोनिया, हर्ट अट्याक तथा रक्तचापजन्य रोगहरुले धेरै खतरा हुन्छ । जसको कारण कोरोनाको संक्रमण हुने सम्भावना धेरै हुन्छ ।

फोक्सोसम्बन्धी समस्या

मुख्य सोधकर्ता ब्रिगेट गोम्पर्टका अनुसार धुम्रपानबाट निस्केको धुँवाले शरीरमा भएको इन्टरफेरोन नामक सेलले काम गर्न छोड्छ । जसको कारण संक्रमणको खतरा बढ्छ । यस सेलले हाम्रो फोक्सोलाई हरेक प्रकारका संक्रमणबाट बचाउनमा महत्वपुर्ण काम गरेको हुन्छ ।

मधुमेहका विरामीमा धुम्रपान गर्ने बानी छ भने त्यस्ता व्यक्तिमा खतरा झन धेरै हुन्छ । यस्तो अवस्थामा शरीरको रक्त केशीकाहरु कमजारे हुनछ र सरको कारण फोक्सोमा आवश्यक रगत पुग्दैन् र फोक्सोको कार्यक्षमतामा प्रभाव पर्छ ।

(बीबीसी हिन्दीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here