नुवाकोटमा थप ७४ जनामा कोरोना पुष्टी, संक्रिय सक्रमितको संख्या १७७ पुग्यो

काठमाडौं, ५ माघ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार बुधवार ३४ जना पुरुष र ४० महिलामा कोरोना संक्रमण देखिएको हो ।

जसमा विदुर नगरपालिकामा २८ जनामध्ये १६ महिला र १२ जना पुरुष रहेका छन् । त्यस्तै बेलकोटगढी नगरपालिमा ७ जना लिखु गाउँपालिकामा २७ जना, दुप्चेश्वरमा ३, तादीमा १ जना, तारकेश्वरमा २ जना र सूर्यगढी गाँउपालिकामा ५ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ । संक्रिय संक्रमितको संख्या १७७जना रहेको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ५७६ पुगेको छ पछिल्लो २४ थप २ जना संक्रमण मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here