एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि, पुलिस २१ रनले पराजित

काठमाडौं ५ माघ । विभागीय एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेको छ। फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको एपीएफ १९ ओभर ५ बलमा १५७ रनमा अलआउट भएको थियो। एपीएफका लागि अमर रौतेलाले २९, लोकेश बमले २७ र सन्दीप जोराले २४ रन बनाएका थिए।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३र३ विकेट लिए। त्यस्तै गुल्सन झाले २ तथा आरिफ शेखले १ विकेट लिए।

पुलिसलाई लक्ष्यमा पुग्न नदिन एपिएफका किशोर महतोले ३ तथा अविनाश बोहरा, दीपक बोहरा र अमर रौटेलाले १-१ विकेट लिए ।

एपीएफका अमरसिंह राउटेला २९ रन, लोकेश बमले २७ रन जोडेका थिए ।

यस्तै, कप्तान शरद भेषावकर १९, भुवन कार्कीले १७, किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाएका थिए । एपीएफले उपाधिसँगै पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाखमा चित्त बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here