हवाई यात्रामा खोप कार्ड देखाए पुग्ने, दोब्बर मास्क लगाउनु पर्ने

काठमाडौं, ५ माघ । कोभिड- १९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।

वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर जारी गर्दै खोप कार्ड अनिर्वाय गरेको हो ।

कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।

उडानका यात्रुलाई फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर मास्क भने खोल्न पाइने छैन । यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here