निफ्राको खुद नाफा २५.६६ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५.६६ प्रतिशतले बढेको छ ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २५.५७ प्रतिशतले बढेर ६३ करोड २३ लाख २१ हजार रूपैयाँ पुगेको छ ।

गत वर्ष बैंकले ५० करोड ३५ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ रहेको छ।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ४४।६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५६ करोड ९४ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ र जगेडा कोषमा २ अर्ब ८४ कराेड ४४ लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४ रुपैयाँ ४३ पैसा, प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here