ग्लोबल आइएमई लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, ६ माघ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।

दोस्रो त्रैमाससम्ममा लघुवित्तले १४ करोड ७८ लाख रुपैयाँ मुनाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२५ प्रतिशत बढेको हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ९ लाख रुपैयाँ मुनाफा गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ५५.९९ प्रतिशतले बढेर ३० करोड ३७ लाख ७६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १९ करोड ४७ लाख ३६ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १३.१२ प्रतिशतले बढेर १५ करोड ७ लाख ९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले १३ करोड ३२ लाख ३१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ र जगेडा कोषमा ३६ करोड ५४ लाख ४४ हजार रुपैयाँ सञ्चित रहेको छ ।

संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) भने १९ रुपैयाँ ६० पैसाले घटेर ५३ रुपैयाँ ५३ पैसामा सीमित भएको छ । अघिल्लाे वर्ष संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ७३ रूपैयाँ १३ पैसा रहेकाे थियाे ।

संस्थाकाे प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा र मुल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेकाे छ ।