बुद्ध एयर समयमै अवतरण हुन नसकेपछि एक यात्रु जहाजभित्रै बेहोस

फाइलफोटो

काठमाडौं, ६ माघ । समयमै जहाज अवतरण हुन नसक्दा त्रासले बुद्ध एयरमा एक यात्रु बेहोस भएकी छन् ।

जहाज अवतरण हुन नसकेपछि करिब ४० मिनेट आकाशमै फन्को मार्नुपरेपछि जहाजमा सवार एक यात्रु बेहोस भएकी हुन् ।

बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि खराब मौसमको कारण अवतरण गर्न सकेन ।

बुद्ध एयरका अनुसार काठमाडौंबाट ६९ जना यात्रु लिएर ७:४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८: ४४ मा अवतरण हुनुपर्ने थियो ।

यो जहाज बिहान ९:१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।

अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए । बेहोस हुने महिलाको पहिचान खुलाईएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here