सन्दीपको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने टिम घोषणा, सोमपाल परेनन् (सूचीसहित)

काठमाडौं, ६ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टिममा विनोद भण्डारी, सोमपाल कामी अटाएका छैनन् ।

युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ तारिखदेखि २४ तारिखसम्म ओमानमा हुँदैछ ।

छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुनेछन् ।

नेपाली टिम

सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया,अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here