तालमेल नमिल्दा सिटामोल अभाव, सरकार भन्छ-‘अत्यावश्यक औषधिको अभाव छैन’

काठमाडौं, ६ माघ । माग र उत्पादनबीच तालमेल नमिल्दा बजारमा सिटामोलको अभाव भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताएपनि बजारमा भने सिटामोल अभाव देखिएको छ ।

गौरीघाटमा १० वर्षदेखि क्लिनीक सञ्चालन गर्दै आएको श्रीकृष्ण तिमल्सिनाले क्लाउड पत्रिकासँग भने सरकारले भने जस्तो सहज रुपमा सिटामोल उपलब्ध छैन् । विगत ५/६ दिनदेखि बजारमा चाँहिएजति सिटामोल पाइदैन् ।

‘कोभिड बिरामी बढ्न थाले, सर्वसाधारणले सञ्चित पनि गरिरहेका छन्,’ उनले भने, ‘केहीले कालोबजारी पनि गरेका छन् । जसले गर्दा बजारमा समस्या देखिएको छ  उनले भने ।’

व्यवसायीहरूका अनुसार उक्त औषधिको बजार मूल्य लामो समयदेखि समायोजन हुन नसकेकाले पनि उत्पादनमा समस्या देखिएको हो ।

बजार मागको ८० प्रतिशतभन्दा बढी स्वदेशी उद्योगहरूले पूर्ति गर्दै आएका छन्। जानकारहरूका अनुसार बजारमा यति बेला सिटामोलको अभाव देखिनुको एउटा प्रमुख कारण माग र उत्पादनबीच तालमेल मिल्न नसक्नु हो।

कोभिड महामारी सुरु भएयता नेपालमा सिटामोलको मागमा उच्च वृद्धी भएको औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद साइफुल्ला बताउँछन्।

लिमिटेड घाटामा गएपछि करिब १५ दिनदेखि सिटामोल उत्पादन बन्द थियो । अहिले बजारमा चरम अभाव देखिएपछि पुनः उत्पादन सुरु गर्न लागेको लिमिटेडले जनाएको छ ।अब केही दिनमा सहज हुन्छ ।

नेपाल औषधि उत्पादक सघं र औषधि उद्योगहरूले पटक पटक नेपालमा उत्पादन भइरहेका औषधीहरूको आयातमा रोक गरेको आग्रह अनुरूप क्याबिनेटबाट पास भएको निर्णय कार्यान्वयन प्रधानमन्त्री कार्यालयबाट रोकिएको भन्दै आक्रोशित पनि नबनेका होइन ।

मुलुक औषधिमा आत्मनिर्भर हुनु एकदमै राम्रो पक्ष रहेको तर्क व्यवसायीको रहेको थियो । हाल ३० वटा स्वदेशि औषधी उत्पादन कम्पनीहरुले प्यारासिटामोल औषधि उत्पादन गर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए ।

हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको उनको भनाइ छ । उनका अनुसार स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल छ ।

मन्त्रालयले सिटामोललगायत औषधिको तत्काल अद्यावधिक गर्नका लागि सबै सरकारी अस्पताल, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइरहेको छ ।

‘यदि कुनै सरकारी अस्पतालका सिटामोल औषधि कम हुन आएमा नेपाल औषधि लिमिटेडसँगै सिधै सम्झौता गरी खरिद गर्न सकिने छ, उनले भने, ‘सोहीअनुसार औषधि खरिद गरी बिरामीलाई सहज बनाउन हुन सबै सरकारी अस्पताललाई अनुरोध छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here