विश्वकप छनोट अर्जेन्टिनाको टिममा परेनन् मेस्सी

काठमाडौं, ६ माघ । अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगितामा लियोनल मेस्सीलाई टोलीबाट बाहिर राखेको छ ।

एक महिनादेखि मैदान बाहिर रहेकाले चिली र कोलम्बियाविरुद्धको खेलका लागि मेस्सीलाई टिम बाहिर राखिएको हो ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेसी कोभिड–१९ संक्रमित भएका थिए । मेसी कोभिड–१९ संक्रमणमुक्त भइसके पनि पूर्ण फिट छैनन् ।

दुईपटकको विश्वकप विजेता र कोपा अमेरिकाको साविक विजेता अर्जेन्टिनाले कतारमा हुने प्रतियोगिताका लागि स्थान पक्का गरिसकेको छ ।

अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई आतिथ्य गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here