आइएमई जनरल र शिखर इन्स्योरेन्सलाई हकप्रद बिक्री गर्न बोर्डको अनुमति, कुनको कति ?

काठमाडौं, ६ माघ । दुई निर्जीवन बीमा कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डले शिखरलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको हो ।

शिखरले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

५२ करोड ७५ लाख ५७ हजार २०० रपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले पनि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

आइएमईको हकप्रदसेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यो हकप्रद बिक्रीपछि भने कम्पनीको पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।

इक्रा नेपालले यो हकप्रदलाई ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here