थप १२ हजार ३३८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

काठमाडौं, ६ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ जना र ६४९० जनाको एन्टिजेन परीक्षण गर्दा २२८६ गरी १३ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८७ हजार ७६९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here