काठमाडौं उपत्यकामा थप कडाइ, शुक्रवार राति १२ बजेदेखि जोर विजोर लागू

फाइलफोटो

काठमाडौं, ६ माघ । कोरोना नियन्त्रणको लागि काठमाडौं उपत्यका थप कडाइ गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले काठमाडौं उपत्यका थप कडाइ गर्ने निर्णय गरेको हो ।

जस अनुरुप शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।

औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here