यी हुन् जोर विजोर लागू नहुने सवारी साधन

फाइलफोटो

काठमाडौं, ६ माघ । काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै शुक्रवार रातीदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यो नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू हुने जनाएको छ ।

अधिकारीका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागु हुँदैन।

कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा वैक/बीमा/बित्तीय संस्था/वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, सूचना तथा प्रशारण विभागवाट जारी पत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागु हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here