फेरि अर्को प्रणाली नेपाल प्रवेश गर्दै, अझै केही दिन मौसम पूर्ण रुपमा नखुल्ने

काठमाडौं, ७ माघ । मौसमविद्ले आउँदो सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने बताएका छन् । बिहीबार र बुधबार मौसम बदली गराएको प्रणाली शुक्रबार रातिदेखि हट्ने भए पनि शनिबार फेरि अर्को प्रणाली नेपाल प्रवेश गर्न लागेको छ ।

सोही प्रणालीले मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ०७ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

माघ ०८ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा सामान्य देखी पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

माघ ०९ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी पहाड तथा तराईका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको थोरै स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here