महामारीमा कस्तो हुन्छ ‘मेटाभर्स’ को दुनियाँ ?

काठमाडौं । महामारीले हाम्रो भेट्ने तरिका परिवर्तन गरेको छ।

सामाजिक दूरीले मानिसहरूलाई टाढा लगेको छ, त्यसैले अनलाइन संसारले मानिसहरूलाई नजिक ल्याउने प्रयास गरिरहन्छ।

अफिसदेखि भेटघाट र सेलिब्रेसनदेखि विवाहसम्म सबै कुरा अनलाइन हुन थालेको छ ।

यसपछि यो अनलाइन संसारमा अरु के हुन सक्छ भन्ने प्रश्न उठिरहेको छ । के हामी घरमा बसेर अरू कतै उपस्थित हुन सक्छौं ? के हामी टाढा बसेका प्रियजनहरूलाई भेट्न सक्छौं कि हामी यो संसारमा नभएकाहरूलाई फेरि भेट्न सक्छौं ?

डिजिटल दुनियाँ र कृत्रिम वास्तविकता हरेक दुई तीन वर्षमा एकचोटी अत्याधिक चर्चामा आउने विषय हुन् र अचानक चर्चामा आए जसरी नै प्रायः यस सम्बन्धी हाइप पनि छिटै हराउने गरेको छ ।

तर मेटाभर्सबारे विशेषगरी ठूला प्राविधिक फर्म र धनी लगानीकर्ताहरुमा एकदमै भव्य उत्साह देखिएको छ । त्यसैले पनि यो साँच्चिकै इन्टरनेटको भविष्य बन्ने हो भने यसमा कोहि पछि पर्न चाहँदैन ।

के हो मेटाभर्स ?

मेटाभर्स प्रविधि उद्योगको कल्पनालाई कब्जा गर्ने ‘बजवर्ड’ हो । यसलाई ‘भर्चुअल युनिभर्स’को रुपमा लिन सकिन्छ । जहाँ मानिसहरु भर्चुअल्ली भेट्ने खेल्ने तथा काम गर्ने गर्न सक्छन् । मेटाभर्सलाई अनन्तको संचारका रुपमा विकाश गरिने देखिएको छ ।

मेटाभर्समा स्मार्टफोन एप, हेडसेट तथा ‘अगमेन्टेड रियालीटी ग्लास’ लगाएर कृतिम समुदायसँग सम्बन्ध बनाउन सकिन्छ । मेटाभर्समा तपाँई सबैप्रकारका डिजिटल डिभाइसहरु प्रयोग गरेर भर्चुअल संचारमा जान सक्नुहुने छ । भिआर गेम तथा भिडियो हेर्नका लागी मात्र प्रयोग हुने गरेकोमा मेटाभर्स फिल्म हेर्न, खेल्न, किनमेल, घुम्न,कन्र्सट, काम तथा ह्या आउटका लागी मात्र पनि प्रयोग गरिन्छ ।

यसले इन्टरनेटको भविष्यलाई संकेत गर्छ । झट्ट हेर्दा वा सुन्दा यो भीआरको परिष्कृत संस्करण जस्तो लाग्छ । तर यो होइन, मेटाभर्सलाई एआर र भीआरको मिश्रणको रुपमा लिन भने सकिन्छ । एआर भनेको कृतिम सन्सार नै हो । भिआर भनेको वास्तविक संसारमा कम्पयुटरको माध्यमबाट केही बस्तु थप गरिन्छ ।

मेटाभर्समा अवतारलाई प्रमुख तत्वको रुपमा प्रयोग गरिएको छ ।

उदाहरणका लागी हामीले पहिला म्यासेज, फोटो र विस्तारै भिडियोको प्रयोगमा अभ्यस्त हुन थालेका छौं । अव नयाँ कन्सेप्ट भनेको मेटा नै हो हो ।

अहिले फेसबुक तथा सञ्जालमा फोटोले हाम्रो प्रतिनिधित्व गरेको जस्तै मेटाभर्समा तपाँईको जस्तो अनुहार तथा शारिरिक बनावट भएको अवतारले तपाँईको प्रतिनिधित्व गर्छ । जसले गर्दा तपाँई शारिरिक रुपमै कुनै काम गरिरहेको वा खेलिरहेको अनुभव लिन सक्नुहुने छ ।

जस्तो तपाँई शान्त वातावरणमा बसेर योगा गर्न चाहनुहुन्छ, तपाँईले आफ्नो मनपर्ने स्थान अनुसार ठाउँ रोजेर, आफुलाई जस्तो पोसक मन पर्छ त्यो लगाएर योगा गर्न सक्नुहुने छ । यसमा तपाँई कुनै कोठा वा भिडभाडमै बसेर पनि शान्त ठाउँमा बसेको अनुभव गर्न सक्नुहुने छ ।

किनकी तपाँईको अवतारले तपाँईले चाहेअनुसारको काम गरिरहेको हुन्छ । मेटाभर्सको सबैभन्दा मूख्य विशेषता भनेको कृतिम सन्सारमा आफ्नो उपस्थिती रहेको महशुस गराउने हो । यसमा व्यक्ति एउटा कोठामा बसेर विश्वको जुनसुकै स्थानमा पुगेको अनुभव गर्न सक्छ । यदी तपाँई मरुभुमिमा बसेर मेटाभर्स प्रयोग गर्नुभएको छ भने हिमाल चढेको अनुभव गर्न सक्नुहुने छ ।

ठूला लगानीकर्ता र प्राविधिक फर्महरुबीच मेटाभर्सको बारेमा ठूलो मात्रामा उत्साह छ । किनकी यसलाई इन्टरनेटको भविष्यको रुपमा व्याख्या गर्न पनि थालिएको छ ।
फेसबुकले मेटाभर्सलाई विशेष महत्व दिएर यसमा ठूलो रकम खर्च गरेको छ ।

फेसबुकले मेटाका लागी यो बर्ष मात्र १० विलियन डलर बराबरको लगानी गर्ने भएको छ । त्यसलाई विस्तारै लगानी थप गर्ने समेत बताएको छ ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here