थप १० हजार ७०३ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

काठमाडौं, ७ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७३० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ जना र ४४७४ जनाको एन्टिजेन परीक्षण गर्दा ११८८ गरी १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ८८४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७६६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६५ हजार ३७४रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here