तरलता अभावकैबीच सरकारले आन्तरिक ऋण उठाउँदै (तालिकासहित )

काठमाडौं ७, माघ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव रहेकै अवस्थामा सरकारले आन्तरिक ऋण उठाउने भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । यो वर्ष सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै छ ।

तालिका अनुसार गत पुससम्म बिलमार्फत सरकारले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ सकेको छ । अब तेस्रो त्रैमासभित्र १ खर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।

जसअनुसार ट्रेजरी बिलमार्फत ४४ अर्ब, विकास ऋणपत्र मार्फत ५४ अर्ब ५० करोड र नागरिक वचतपत्र मार्फत २ अर्ब रुपैयाँ उठाइने छ ।

चौथो त्रैमासमा ट्रेजरी बिलमार्फत ५५ अर्ब, विकास ऋणपत्रमार्फत ७५ अर्ब, नागरिक वचतपत्रमार्फत २ अर्ब र वैदेशिक रोजगारी वचतपत्र मार्फत ५० करोड रुपैयाँ गरी कुल १ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने योजना सरकारको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here