नेपालमा अर्को न्यून चापीय प्रणालीको प्रभाव: अझै केही दिन मौसम बदली रहने

काठमाडौं, ८ माघ । नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ।

यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने आँकलन गरिएको छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले आज एक बुलेटिन निकालेर नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने सम्भावना रहेको औँल्याएको छ।

हाल मौसमको अवस्था

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्यतया बदली रही बाकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू-भागका केहि स्थानमा हुस्सु कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ०८ गते (शनिबार)

दिउँसो : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

माघ ०९ गते (आईतबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

राती : देशभर सामान्यतया बदली रहने छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

माघ १० गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहि प्रदेश नं १ लगायत बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भुभागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भुभागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here