विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार देशीय टी-२० सिरिज खेल्ने

काठमाडौं, ८ माघ । आगामी महिना ग्लोबल क्वालिफायर खेल्नु अगाडी नेपालले चार देशीय टी २० सिरिज खेल्ने भएको छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर विश्वकप छनोटको नेपालका लागि अन्तिम तथा महत्वपूर्ण मौका हो । सो प्रतियोगिताको तयारीका लागि सिरिज हुन लागेको हो ।

सिरिजका खेलहरुले टी२० अन्तर्राष्ट्रियको मान्यता समेत पाउने छन् । नेपालसहित ओमान, यूएई र आयरल्याण्ड सम्मिलित सिरिज हुने भएको नेपाल क्रिकेट संघ क्यानले शनिबार जनाएको छ । नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा यूएई र आयरल्याण्डसँग फेब्रुअरी १४ मा खेल्नेछ । टी-२० विश्वकपको ग्लोबल क्वालिफायर फेब्रअरी १७ देखि २५ सम्म ओमानमा हुनेछ । क्वालिफायरको ए अन्तर्गत समूह बी मा रहेको नेपालले ओमान, फिलिपिन्स र क्यानडासँग खेल्नेछ ।

अर्को समूहमा आयरल्याण्ड, यूएई, जर्मनी र बहराइन छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता टिम फाइनल प्रवेश गर्नेछन् र अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा पनि छनोट हुने भएका छन् । छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here