५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउन आवश्यक छ कि छैन ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको तीव्र रुप फैलिँदै गर्दा सरकारले सर्वसाधारणलाई मास्क लगाउन प्रोत्साहन गरिरहेको छ ।

पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ। स्वास्थ्य मन्त्रालयले पटक–पटक सबैलाई मास्कको प्रयोग गर्न सुझाव दिँदै कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै आइरहेको छ।

प्राय सबै मानिसहरुले मास्कको प्रयोग गरिरहेका छन् । तर पाँच वर्षमाथिका बालबालिकालाई मास्क लगाउन अनिवार्य छ कि छैन् भन्ने दुविधा भने कायमै रहेको छ । कतिपयले बच्चालाई मास्क लगाइरहेका हुन्छन् भने कतिले आवश्यक छैन् भन्नै आफ्नै तर्क गरिरहेका हुन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्षभन्दा माथिका सबैले मास्क अनिवार्य लगाउनु पर्ने तर,५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउन आवश्यक छ भने, उनीहरू सधैँ तपाईँले सुपरिवेक्षण गर्न सक्ने गरी प्रत्यक्ष निगरानीमा भएको निश्चित गर्न आग्रह गरेको छ ।

बाल रोग विशेषज्ञहरु भने पाँच वर्षमाथिका बालबालिकालाई मास्क लगाउन अनिवार्य भए पनि पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य नरहेको बताउँछन्।

पाँच वर्षमुनिका बालबालिकाले नाक मुख ढाक्ने गरी मास्क प्रयोग गर्न अप्ठ्यारो हुने कारणले विश्वव्यापी रूपमा मास्क लगाउन नसुझाइने गरेको विज्ञहरुले बताएका छन् ।

तर कोरोनाभाइरसका नयाँ र बढी संक्रमण भेरिअन्टहरू देखिएका घरबाट बाहिर निस्किँदा ३ वर्षमाथिका बालबालिकाले पनि मास्क लगाउनुपर्ने विज्ञहरु बताउँछन्।

संक्रमणबाट बच्नको लागि मास्क लगाउदा गरिने केही गल्तीले मास्कको प्रभावकारीता घटाउनुका साथै संक्रमणको जोखिम उच्च नै रहन्छ । त्यसकारण मास्क लगाउदा यी पाँच गल्ती नगर्नुहोस् :

१. आफू वा अरू कसैले लगाइरहेको मास्क छुने

२. अरू व्यक्त्तिसँग वार्तालाप गर्दा मास्क खोल्ने

३. भिडभाडमा मास्क खोल्ने

४. चिउँडो मात्रै छोप्ने गरी मास्क लगाउने

५. आफ्नो मास्क अरूलाई प्रयोग गर्न दिने ।

डबल मास्क किन आवश्यक छ ?

एउटा नयाँ अध्ययन अनुसार डबल माक्स वा फेस मास्क लगाउँदा कोभिड संक्रमित ब्यक्तिको थुकको छिटा वा थोपा छान्ने क्षमता लगभग दोब्बर हुन्छ ।

यसबाट संक्रामक भाइरसलाई नाक तथा मुख सम्म पुग्नबाट रोक्न सकिन्छ । यूएनसी स्कूल फर मेडिसिनका संक्रामक रोग सम्बन्धि एसोसिएट प्रोफेसर तथा अध्ययनकर्ता एमिली सिकबर्ट (बेनेट) का अनुसार चिकित्सकीय प्रयोजनका लागि बनाइएको मास्कमा छान्ने क्षमता तुलनात्मक रुपमा राम्रो हुन्छ ।

यद्यपि हामी जसरी लापरवाहीपूर्वक मुखमा मास्क लगाउँछौ त्यो सहि र सुरक्षित हुँदैन। अध्ययनले डबल माक्स लगाउँदा सर्जिकल मास्क माथि कपडाको मास्क लगाउन सुझाव दिएको छ ।

तपाइले लगाएको मास्क संक्रमणविरुद्ध प्रभावकारी छ ?

सर्जिकल मास्क एकमाथि अर्को गरि डबल नलगाउने र सर्जिकल मास्क माथिबाट कपडाको गुणस्तरीय मास्क लगाउने भनेको छ । यसक्रममा कपडाको मास्कले सर्जिकल मास्कलाई चारैतिरबाट राम्रोसँग छोपेको हुनुपर्छ ।

प्रकाश नछिर्ने मास्क ठीक हुन्छ । मास्क संक्रमणविरुद्ध कति प्रभावकारी छ त्यसको जाँच घर बसिबसी गर्न सकिन्छ । त्यसका लागि मास्कलाई प्रकाशको स्रोतको तल राख्नु पर्छ । यदि माक्सबाट प्रकाश वार-पार भएन भने बुझ्नु पर्छ त्यो सुरक्षित छ।

मास्क कसरी लगाउने र कसरी फुकाल्ने ?

मास्कको प्रयोग गर्दा सबैभन्दा पहिला राम्रोसँग साबुनपानीले हात धुनुपर्छ। धोएको हात सुकिसकेपछि प्याकेटबाट मास्क निकालेर मास्कको भित्रपट्टि नछोएरै दुईवटा डोरीको सहायताले लगाउनुपर्छ।

सर्जिकल मास्क हो भने मास्कको दोबारिएको तहलाई तलतिर पारी दुई हातले डोरी समाएर कानमा अड्काउनु पर्छ।

सामान्यतया तीन किसिमका मास्कहरु प्रचलनमा छन् ।

एन–९५ मास्क ।

यो मास्क यदि सहि तरीकाले लगाउने हो भने कोरोना संक्रमणबाट ९५ प्रतिशत सुरक्षा प्राप्त हुन्छ ।

सर्जिकल मास्क ।

यसले तपाईंलाई कोरोनाबाट बच्न केवल ५६ प्रतिशत सहयोग प्राप्त हुन्छ । त्यस्तै कपडाको मास्कले सबैभन्दा कम केवल ५१ प्रतिशत मात्र सुरक्षा प्रदान गर्छ । एन–९५ मास्कको उपयोग गर्ने अर्थात लगाउने व्यक्तिले डबल मास्क लगाउन आवश्यक छैन ।

कपडाको मास्क

कपडाको मास्क प्रयोग गर्दै हुनुहुन्छ भने डबल मास्क लगाउनु आवश्यक हुन्छ । यसको सही तरिका – पहिला सर्जिकल मास्क लगाएर त्यसमाथि कपडाको मास्क लगाउनु उपयुक्त हुन्छ । सर्जिकल मास्क कपडाको मास्क भन्दा कसिलो हुनु आवश्यक छ ।

यसो गर्दा भाइरसको संक्रमणबाट ८५ प्रतिशत सुरक्षा प्राप्त हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here