गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु

काठमाडौं, ९ माघ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गुडिरहेको जिपमा पहाड माथिबाट ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ।

आइतबार बिहान सिद्दिचरण नगरपालिका ३ मा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नंबरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षीय युनिषा कोइराला,१० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here