महामारीमा सिटामोल समेत उपलब्ध गराउन नसक्नु लज्जास्पद, कहाँ गयो २४ लाख खोप ?

काठमाडौं, ९ माघ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाइ प्रश्नै प्रश्न गरेको छ ।

आइतबार एमालेको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमार्फत ओलीले देउवा नेतृत्वको सरकारले जनताको स्वास्थ्यलाई लिएर गैरजिम्मेवारी काम गरेको भन्दै प्रश्न गरेका हुन् ।

१५ बुँदे असहमति पत्रमा सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको आरोप लगाएका छन्।

उनले भनेका छन् -‘खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ।’

‘२४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेका छन्। कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?’

अघिल्लो सरकारले व्यवस्था गरिदिएका खोपको आपूर्ति, व्यवस्थापन, भण्डारण र वितरण पनि राम्ररी गर्न असक्षम वर्तमान सरकारले तुलनात्मक रूपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रामा खोप लगाउन नसकिरहेका वेला सार्वजनिक सेवा उपयोगका लागि खोप कार्ड अनिवार्य भनेर हास्यास्पद कदम चालेको छ’‚ ओलीले भनेका छन्।

वर्तमान सरकारले पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो संख्या ४० प्रतिशत मात्र पुगेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here