६ महिनामै व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि

काठमाडौं, ९ माघ । आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँको व्यापार घाटा भएको थियो ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको भएको छ ।

गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४.८६ प्रतिशतले बढी हो ।

नेपालको व्यापार घाटा सबैभन्दा धेरै भारतसँग पाँच खर्ब ६ अर्ब रुपैयाँ रहेको छ ।

६ महिनामा भारतबाट ६ खर्ब तीन अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ९६ अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

यस्तै ६ महिनामा चीनबाट एक खर्ब ४५ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा ४५ करोड रुपैयाँको मात्रै निर्यात हुँदा व्यापार घाटा एक खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

आयात-निर्यात दुवै वृद्धि

चालू आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ ।

सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो ।

१४१ ओटा देशबाट आयात

चालू आवको पहिलो ६ महिनामा नेपालमा १४१ ओटा देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट सो अवधिमा ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाख रुपैयाँको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट १ अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ ।

यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महीनामा भारततर्फ ९६ अर्ब ५६ करोड रुपैयाँ तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here