दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स समूहका लगानीकर्ता

काठमाडौं, ९ माघ । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३२ कम्पनीको ७ अर्ब ३० करोड ५० लाख ८ हजार २६२ रुपैयाँ बराबरको १ करोड, ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहमध्ये ८ वटाको परिसूचक राताम्मे भएका छन् भने ५ वटा हरियो भएको छ । दोहोरो अंकले बटेको बजारमा बैंकिङ १६, होटल तथा पर्यटन ५१, विकास बैंक ७३, फाइनान्स ७२ , जलविद्युत ४२ अंकले घटेको छ ।

लगानी समूह १ र माइक्रोफाइनान्स १० अंकले घटेको छ । जीवा बीमा २२९, निर्जीवन बीमा ३० उत्पादन समूह १६ र अन्य उपसमूह ३७ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

त्यस्तै, गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, प्रभु बैंक, बेस्ट फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

यस सामलिङ पावर कम्पनी, शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ भने गोर्खाज फाइनान्स, प्रभु बैंक, बेस्ट फाइनान्स कम्पनीको शेयरमुल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ३२ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर १९ करोड र एनआइसी एशिया साढे १७ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here