काठमाडौं, ९ माघ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेटिएको हो । बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।
पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।