थप ६४६२ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

काठमाडौं, ९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ६९८ जना र ४०६० जनाको एन्टिजेन परीक्षण गर्दा ६६४ गरी ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here