चिडियाखाना एक साताको लागि बन्द

काठमाडौं, १० माघ । कोरोनाको त्रास बढ्दै गर्दा ललितपुरमा रहेको सदर चिडियाखाना एक साताको लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार बन्द गरिएको चिडियाखाना प्रशासनले जनाएको छ।

एक हप्तापछिको अवस्था हेरेर खुल्ने नखुल्ने निर्णय गर्ने प्रशासनले जनाएको छ ।

चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने गरी यसअघि चिडियाखाना सञ्चालन गरिएको थियो।