क्षमायाचना माग्दै एनआईसी एशिया बैंकले रोक्यो लाभांश, सेयरधनीको हात खाली

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश रद्द गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो । राष्ट्र बैंकले पुँजी प्रयाप्त नदेखिएको कारण प्रस्तावित लाभांश अस्वीकृत गरेको हो ।

उक्त निर्णयसँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट लाभांश नपाउने भएका छन् । साथै, बैंकले यस निर्णयबाट सेयरधनी लगायत सम्पूर्ण सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन नपाउने पहिलो र एक मात्रै बैंक एनआईसी एशिया बैंक बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here