शेयर बजारमा पहिरो, दुईघण्टामा ८१ अंकले घट्यो नेप्से

काठमाडौं, १० माघ । साताको कारोबारको दोस्रो दिन नेपाली शेयर बजारमा पहिरो गएको छ ।

पहिलो दिन १० अंकले बढेको नेप्से दोस्रोदिन कारोबारको दुईघण्टामा ८१अंकले घटेको हो ।

बजार खुलेदेखि नै आरोला लागेको बजार १ बजेसम्ममा नेप्से ८१.४९ अंकले घटेर २८३९.२ विन्दुमा झरेको छ ।

त्यस बेलासम्म कारोबारमा आएका २२३ कम्पनीको ४ अर्ब ७१ करोड ४६ लाख ६ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here