६ कम्पनीलाई एकै पटक आइपीओ निष्काशनको अनुमति, कुनको कति कित्ता आउँदै ?

काठमाडौं, १० माघ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकै पटक ६ कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको छ ।

बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।

प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आइपीओ पश्चात पछिल्लो समय आइपीओ निष्कासन भएको छैन् ।

सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आइपीओ विक्री गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रित्त रहँदा आइपीओ स्वीकृति प्रकृयामा पनि ढिलाई भएको थियो ।

बलेफी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।

त्यसैगरी, ग्रीन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको हो । यी जलविद्युत् कम्पनीहरूले स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।

त्यसैगरी जाल्पा सामुदायिक लघुवित्तलाई रु. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तलाई रु. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न स्वीकृति दिइएको हो ।

जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएका थिए ।

त्यस्तै, राष्ट्र उत्थानले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

त्यस्तै, इमर्जिङ नेपालले पनि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

त्यस्तै,नेष्डो लघुवित्तले रु. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५०कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । यो कम्पनीले २०७८ असार ६ गते बोर्डमा निवेदन दिएको थियो ।

त्यसैगरी इमर्जिङ नेपाललाई रु. ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासनका लागि अनुमति दिइएको छ ।

यो कम्पनीले गत असार १७ गते आइपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो । अनुमति पाएका कम्पनीहरुले अब २ महिनाभित्र आइपीओ जारी गरी सक्नुपर्नेछ व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here