१०० अंकले घट्यो नेप्से, धेरै गुमाउने विकास बैंक र जलविद्युत समूहका लगानीकर्ता

काठमाडौं, १० माघ । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन् ।

आइतवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन ७ अर्ब ३० करोड ५० लाख ८ हजार २६२ रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । उच्च अंकले घटेको बजारमा बैंकिङ ५४ , होटल तथा पर्यटन १०७, अन्य उपसमूह ८४ अंकले घटेको छ ।

निर्जीवन बीमा ५०६, उत्पादन समूह २४४, जलविद्युत १५४ अंकले घटेको छ । विकास बैंक २३४, फाइनान्स ११०, लगानी समूह ३ र माइक्रोफाइनान्स १८३ अंकले घटेको छ ।

उच्च अंकले बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा एनआइसी एसिया बैकको ३६ करोडको कारोबार भएको छ ।

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटल नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

आज यी कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यसैगरी, सामलिङ पावर, सिनर्जी पावर, गणपति लघुवित्त, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रो,ग्रीन लाइफ हाइड्रोपावर र राधी जलविद्युत्को शेयरमूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, नेपाल हाइड्रो, वरुण हाइड्रोपावर, युनाइटेड मोदी, ङादी पावर लगायत २ दर्जन कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here