नगद लाभांश बुझिदिन शेयरधनीलाई मेगा बैंकको आग्रह, लिन नगए संरक्षण कोषमा पठाइने

काठमाडौं, १० माघ । मेग बैकले शेयरधनीलाई नगद लाभांश बुझ्न आग्रह गरेको छ ।

बैंकले माघ १० गतेदेखि ३५ दिन भित्र शेयर रजिष्ट्रारको कार्यालय मेगा क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने उल्लेख गरेको छ ।

नगद लाभांश लिन जाँदा शेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र समेत अनिवार्य गरेको छ ।

बैकले साविकको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैकका कतिपय शेयरधनीले नगद लाभांश लिन नआएपछि सूचना जारी गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here