थप १० हजार ३१९ जनामा कोरोना पुष्टी, २५४० जना संक्रमण मुक्त

काठमाडौं, १० माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जना र ४५४७ जनाको एन्टिजेन परीक्षण गर्दा २२६५ गरी १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५४० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २४ हजार २३९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here