हिमालय आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स

काठमाडौं, १० माघ । चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्स नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ ।

हिमालयलाई आइएसओको स्तरीय व्यवस्थापन प्रणाली (आइएसओ ९००१ः२०१५)का मापदण्डअनुरुप व्यवस्थित भएकाले गत २९ डिसेम्बर २०२१ मै सम्मानित गरिएको थियो ।

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरे वापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।

हिमालयले यसअघि अगस्ट २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइएसओ बाट प्रमाणीकरण भएको थियो ।

आइएसओ ९००१ः२०१५ विश्वव्यापी रुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठनद्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो । जसबाट प्रमाणीत संस्थाले प्रदानगर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र नं. 120057/A/0001/UK/En संयुक्त अधिराज्य स्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिसद्वारा हिमालय एयरलाइन्सलाई प्रदान गरिएको थियो ।

व्यवस्थापन प्रक्रियाका सुक्ष्म आयामहरु, मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परीक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली बैधानिक एवम् नियामकता सम्बन्धी महत्वपूर्ण सबै मापदण्ड अनुरुप भएका प्रमाणीत गर्दै एयरलाइन्सले यो प्रमाणीकरण प्राप्त गरेको हो ।

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्सले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।

एअरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन ।

अहिले हिमालय एअरलाइन्सले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स एक मात्र एअरलाइन्स हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स हो ।

हिमालय एयरलाइन्सले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एयरलाइन्सको ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here