टेकु अस्पतालमा कोरोना विरूद्धको खोप मंगलबारदेखि पुनः सञ्चालन हुने

काठमाडौं, १० माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खोप कार्यक्रम पुन: सुचारु हुने भएको छ ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि मंगलबार १० बजेबाट पुनः कोभिड १९ विरूद्धको खोप अभियान शुरु गर्न लागिएको हुने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा.मनिषा रावलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कोभिड १९ विरूद्धको खोप अभियान मंगलबार बिहान १० बजेदेखि नियमित सञ्चालन हुने अस्पातलले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीगरि ५० जनाभन्दा बढी कोरोना संक्रमित भएपछि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको थियो ।