छ्याङ्दी हाइड्रोपावरको हकप्रद खुल्यो, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?

काठमाडौं, ११ माघ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आज (माघ ११) देखि हकप्रद सेयर विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०ः३ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद विक्री खुला गरेको हो ।

कम्पनीको हकप्रदमा फागुन २ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीको हकप्रद सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको लमजुङ्गका विभिन्न शाखा कार्यालय, सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने छ । साथै, मेरोसेयर मार्फत पनि आवेदन दिन सकिने छ ।

हकप्रद निष्काशनका लागि कम्पनीले पुस २१ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । हाल २९ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ३८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here